२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

सुनको मूल्य तोलामा ६ सयले घट्याे

- विशेष खबर मङ्गलबार २५, फागुन २०७७ १२:२४

सुनको मूल्य तोलामा ६ सयले घट्याे

काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस