२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

- विशेष खबर आइतबार २३, फागुन २०७७ ०५:५४

दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौं । नेकपा (दाहाल-नेपाल) समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसदहरुले बैठकको बीचबाटै उठेर हिँडेका हुन् ।

बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए ।

सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि दाहाल-नेपाल पक्षका सांसदहरु बाहिएका थिए ।


#दाहाल-नेपाल #प्रतिनिधिसभा

प्रतिकृया दिनुहोस