२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

मन्दिरमा पूजा गर्न जाँदा जिप खस्याे, आमाछोरासहित ३ जनाको मृत्यु

शनिबार २२, फागुन २०७७ १०:१३

मन्दिरमा पूजा गर्न जाँदा जिप खस्याे, आमाछोरासहित ३ जनाको मृत्यु

दार्चुला । नयाँ गाडी किनेर मन्दिरमा पूजा गर्न हिँडेको परिवार दुर्घटनामा पर्दा शनिबार चालक र आमा–छोराको मृत्यु भएको छ । 
दार्चुलाको शैल्यशिखर नगरपालिका–८ अम्तलीको पन्त परिवार लेकम गाउँपालिका–६ रिठाचौपातास्थित उचकोट मन्दिर हिँडेको थियो । मन्दिर नपुग्दै ग३ज १६९३ नम्बरको जिप उचकोट नजिकबाट साँझ ५ बजेतिर झन्डै डेढ सय मिटर तल खस्दा ४० वर्षीय पदमराज पन्त र उनकी ७० वर्षीया आमा सुनादेवी र लेकम–६ का चालक ३८ वर्षीय करन नाथको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई जनाको घटनास्थलमै र पदमराजको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भास्कर चन्दले बताए । दुर्घटनामा पदमराजका बुबा ७२ वर्षीय बुद्धिबल्लभ, छोराहरू १२ वर्षीय मुकेश र ७ वर्षीय वसन्त घाइते छन् । उनीहरूकै आफन्त ७० वर्षीय गंगा पन्त पनि घाइते भएकी छन् । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । सडकबाट झन्डै डेढ सय मिटर तल खसेको जिप क्षतविक्षत भएको छ । गत वर्ष ट्र्याक खोलेको सडक कच्ची छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक चन्दले बताए ।


प्रतिकृया दिनुहोस