२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

श्रीकेदारमा ४४ परिवारलाई चामल वितरण

मङ्गलबार १८, चैत २०७६ ०५:५८

श्रीकेदारमा ४४ परिवारलाई चामल वितरण

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारका ४४ परिवारलाई वडा कार्यालयबाट खाद्यान्न वितरण गरिएको छ । 

कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई खाना जुटाउन समस्या भएपछि वडा कार्यालयले चामल वितरण गरेको हो । 

 

वडा भरीका ४४ घरधुरीलाई परिवार संख्याका आधारमा १० देखि ५० किलोसम्म गरी १८ क्वीन्टल चामल वितरण गरेको वडा अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । वडाको विपद् व्यवस्थापन कोषबाट खाद्यान्न सहयोग गरेको हो । वडामा करिब २० परिवारलाई अझै वितरण गर्न बाँकी रहेकाले चाँडै उनीहरूलाइ पनि दिइने अध्यक्ष भट्टले बताए ।  

पछिल्ला दुईसातायता दोगडाकेदार ४ मा २२ जना भारतलगायत अन्य मुलुकबाट आएका छन् । उनीहरु सबै घरमै क्वारेन्टाइनमा बसिरहेको अध्यक्ष भट्टले बताए । उनीहरुको नियमित अनुमगन भइरहेको र सबैको अवस्था समान्य रहेको अध्यक्ष भट्टले बताए । 

 

 

 

 


प्रतिकृया दिनुहोस