२०८१ जेठ ०८ गते मङ्गलबार | 21 May, 2024

तस्कर–प्रहरी भिडन्तमा एक भारतीयको मृत्यु

बिहिबार २०, फागुन २०७७ १०:१६

तस्कर–प्रहरी भिडन्तमा एक भारतीयको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहामा प्रहरी र तस्करबीच बिहीबार सा“झ भिडन्त हु“दा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपाल–भारत सीमा क्षेत्रनजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंङमा एक भारतीय नागरिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार चार जनाको संख्यामा रहेका तस्करहरुको समूहले प्रहरीमाथि गोली चलाएको थियो । घटनामा गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएको उनले बताए । जवाफी फाइरिङमा अन्दाजी २२/२५ वर्षीय युवकको मृत्यु भएको हो । मृतक भारतीय नागरिकको सनाखत हुनसकेको छैन ।

मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसंगै लागुऔषध समेत बरामद भएको डिएसपी थापाले बताए ।


प्रतिकृया दिनुहोस