२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

प्रतिताेला १७ सयले घट्याे सुनकाे मूल्य

- विशेष खबर मङ्गलबार १८, फागुन २०७७ १२:२८

प्रतिताेला १७ सयले घट्याे सुनकाे मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको मूल्य मंगलबार ८७ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस