२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

काेराेना अपडेट : थप ७३ जनामा कोरोना, ३ जनाको मृत्यु

- विशेष खबर सोमबार १७, फागुन २०७७ ०६:२४

काेराेना अपडेट :  थप ७३ जनामा कोरोना,  ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

हालसम्म देशभर २१ लाख ६५ हजार ९ सय ८५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।


#कोरोना भाइरस संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस