२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

कांग्रेस नेता तथा पूर्वमन्त्री जोशीको स्वास्थ्यमा क्रमिक सुधार

- विशेष खबर आइतबार १६, फागुन २०७७ ०३:०१

कांग्रेस नेता तथा पूर्वमन्त्री जोशीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।

शुक्रबार बिहान मष्तिष्कघात भई नर्भक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउन थालेका छन् भने जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि जोशीका आँखा भने खुलेका छैनन् ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।

 


#नवीन्द्रराज जोशी

प्रतिकृया दिनुहोस