२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

एकैपटक ३१ जना सहसचिवकाे सरुवा तथा पदस्थापन, हेर्नुहाेस् कसकाे सरुवा कहाँ ?

- विशेष खबर बिहिबार १३, फागुन २०७७ ०६:१६

एकैपटक ३१ जना सहसचिवकाे सरुवा तथा पदस्थापन, हेर्नुहाेस् कसकाे सरुवा कहाँ ?

काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

गृह मन्त्रालयमा खगेन्द्रप्रसाद रिजाललाई ल्याइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

यसैगरी छविलाल रिजाललाई पनि सञ्चार मन्त्रालयबाट गृहमा ल्याइएको छ । यस्तै रामप्रसाद आचार्यलाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

लगानी बोर्डको कार्यालयमा रहेका धर्मेन्द्रकुमार मिश्र मधेसी आयोगमा पुगेका छन् भने दीर्घराज मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

हेर्नुहाेस् कसकाे सरूवा कहाँ ?


#सहसचिव #सरुवा

प्रतिकृया दिनुहोस