२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

इक्‍वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु

एजेन्सी बुधबार १२, फागुन २०७७ ०८:२७

इक्‍वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु
तस्बिर : रोयटर्स

काठमाडाैं । इक्‍वेडरमा मगंलबार तीन ओटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौँ घाइते भएका छन् ।  पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनाको मृत्यु भएको छ । यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको प्रहरी स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा  तीन ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि  प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताए ।उक्त विद्रोह रोक्न  प्रहरीलाइ सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिएका छन् । 

मानवअधिकारवादी संस्थाले यस हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । 

गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि राष्ट्रपति  मोरेनोले जेलमा आपतकालिन अवस्थाको आदेश  दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै  सात घाइते भएका थिए ।  


#इक्‍वेडर #दङ्गा #मृत्यु

प्रतिकृया दिनुहोस