२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

थप ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

- विशेष खबर मङ्गलबार ११, फागुन २०७७ ०५:०९

थप ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा १ हजार ५३३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६८ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ रहेको छ ।

हालसम्म देशभर २१ लाख ४६ हजार ५३३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस