२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

नेविसंघद्वारा प्रहरीलाई मास्क र पञ्जा हस्तान्तरण

आइतबार १६, चैत २०७६ ०३:५३

नेविसंघद्वारा प्रहरीलाई मास्क र पञ्जा हस्तान्तरण

काठमाडौं । नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पसले प्रहरीलाई मास्क र पञ्जा हस्तान्तरण गरेको छ । 

शंकर देव क्याम्पसका नेपाल विद्यार्थी संघ नेता दीपक ओझाको संयाेजनमा खटिएको टोलीले संकलन गरेको मास्क र पञ्जा हस्तान्तरण गरेको हाे । 

सुरक्षाकर्मीहरु नै असुरक्षित रहेको विषयलाई मनन गर्दै नेविसंघले आइतबार मास्क, पञ्जा र स्वास्थ्य सचेतनासम्बन्धी सामग्री अनमानगरस्थित महानगरी प्रहरी वृत, सिंहदरबारमा कार्यरत प्रहरीहरुको उपयोगका निम्ति कार्यालय प्रमुख उपरीक्षक हरिबहादुर बस्‍नेतलाई हस्तान्तरण गरिएको जनाइएको छ । 

मास्क र पञ्जा हस्तान्तरण कार्यक्रममा नेविसंघका केन्द्रीय महामान्त्री बलदेव तिमल्सिना, युवराज पाण्डे, पूर्व महामन्त्री कुन्दन काफ्ले, नेपाली कांग्रेसका युवा नेता श्याम तिम्सिना, नेविसंघका नेताहरु दीपक न्यौपाने, दीपक ओझा, सोमराज मल्ललगायतको सहभागिता रहेको जनाइएको छ । 


#काेराेना

प्रतिकृया दिनुहोस