२०७७ फागुन १२ गते बुधबार | 24 February, 2021

गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

- विशेष खबर सोमबार १०, फागुन २०७७ १०:५४

गोरखामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला

गाेरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्। गोरखा प्रहरी प्रमुख एसपी  सुरेन्द्र गुरुङका बारपाक सुलिकोट गाउँपालिका -१ बारपाकमा एक जना वृद्ध र  एक बालिकासहित दुई जना महिला सोमबार बिहान मृत भेटिएका हुन्।

हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए।

'उनीहरूको मुखमा फिँज आएको छ। अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने,‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदै छ।’

मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ  र   १३ वर्षीया उषा गुरूङ छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। -सेताेपाटी


# मृत

प्रतिकृया दिनुहोस