आइतबार १६, चैत २०७६ ०३:०१
बुटवटल- दुबइबाट फर्किएका रुपन्देहीका एक ३४ वर्षीय युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको विशेष अस्पतालमा उपचारका क्रममा अाइतबार दिउँसाे उनकाे मृत्यु भएको हो ।
ती युवा गत सोमबार दुवईबाट नेपाल आएका थिए । ज्वरो र खोकीको लक्षण देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएका उनको नमूना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले कोरोना आशंकाका विरामीको दिउँसो मृत्यु भएको पुष्टि गरे ।
प्रतिकृया दिनुहोस