२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

ताेलामा एक हजारले घट्याे सुनकाे मूल्य

- विशेष खबर शुक्रबार ०७, फागुन २०७७ ०१:३२

ताेलामा एक हजारले घट्याे सुनकाे मूल्य

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको भाउ शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो मंगलबार यता मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको हो । महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ । यस्तै चाँदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ ।

बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सुनको भाउ बढ्नुको कारण अमेरीकी नयाँ राष्ट्रपतिले पदभार सम्हालेपछि कोभिड प्रभावितकालगि घोषणा गरेको सहुलियत प्याकेज भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डलर थप मजबुत बन्दै जानु, लगानीको वातावरण सहज बन्नु जस्ता कारणले सुनमा गरिने लगानी घटेको बताइएको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस