२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

मङ्गलबार ०४, फागुन २०७७ ०७:३६

विद्यालयमा ‘जंक फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

काठमाडाैं । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको हाे ।

केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो । 

सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ ।

उक्त कार्यक्रमअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ ।

कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक २० र अन्य क्षेत्रमा १५ रूपैंयाका दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ ।


प्रतिकृया दिनुहोस