२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

सोमबारसम्म वर्षा र हिमपातको सम्भावना

- विशेष खबर शनिबार ०१, फागुन २०७७ १०:५४

सोमबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडाैं । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।  देशका अन्य  पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।


#मौसम

प्रतिकृया दिनुहोस