२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

थप १२७ जनामा काेराेना, १३६ जना डिस्चार्ज

- विशेष खबर शुक्रबार ३०, माघ २०७७ ०५:३९

थप १२७ जनामा काेराेना, १३६ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नेपालमा १२७ जना संक्रमित थपिएका छन् भने १३६ जना निको भएर घर फर्किएका छन् ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार ५ सय ५७ जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ७ सय ९६ जना निको भएका छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस