२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

अमेरिकामा एकैपटक सय बढी गाडी दुर्घटना, ६ जनाको मृत्यु

शुक्रबार ३०, माघ २०७७ ०८:५५

अमेरिकामा एकैपटक सय बढी गाडी दुर्घटना, ६ जनाको मृत्यु

काठमाडाैं । अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा बिहीबार बिहान एउटा अचम्मको सडक दुर्घटना भएको छ। बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किएका छन्।

दुर्घटनामा परी अहिलेसम्म ६ जनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन्। दर्जनौं मानिसहरू आफ्नो सवारीभित्रै थुनिएका थिए। बरफका कारण सडक चिप्लो भएका कारणले दुर्घटना भएको हुन सक्ने बताइएको छ।

फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार  दुर्घटनामा १८ चक्के र कारहरू परेका हुन्। स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका भिडिओमा एउटा गाडीमाथि अर्को गाडी चढेको देखिएको छ।

दुर्घटनामा परी घाइते भएका ३६ जनालाई अस्पताल लगिएको छ तीमध्ये ३ जनाको अवस्था गम्भीर छ। ६५ जनालाई सामान्य उपचार गरिएको छ।

फायर डिपार्टमेन्टका एक जना प्रवक्ताले खप्टिएका सवारी निकाल्न ट्रकको प्रयोग गरिएको र हरेक गाडीमा ड्राइभर र यात्रु छन् कि भनेर खोजिएको बताए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।  


#दुर्घटना

प्रतिकृया दिनुहोस