२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

थप ८१ जनामा काेराेना संक्रमण, ५ जनाकाे मृत्यु

- विशेष खबर बिहिबार २९, माघ २०७७ ०५:५९

थप ८१ जनामा काेराेना संक्रमण, ५ जनाकाे मृत्यु

काठमाडौं । बिहीबार नेपालमा थप ८१ जना काेराेना संक्रमित थपिएका छन् भने १११ जना निको भएर घर फर्किएका छन् ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ छ । यस्तै हालसम्म नेपालमा २ लाख ७२ हजार ४ सय ३० जनामा कोरोना देखिएको छ भने २ लाख ६८ हजार ६ सय ६० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस