२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

थप ११९ जना कोरोना, ३ जनाको मृत्यु

- विशेष खबर आइतबार २५, माघ २०७७ ०५:५५

थप ११९ जना कोरोना, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा ११९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको जनाएको छ । 

यस्तै, थप २ सय ६० जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।


#काेराेना संक्रमण #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस