२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

गोली हानेर छोरीको हत्या

शनिबार २४, माघ २०७७ १०:२२

गोली हानेर छोरीको हत्या

बैतडी । घरायसी विवादमा पुर्चौडी नगरपालिका १० विजयपुर धौबिसैमा बुवाले गोली प्रहार गरी छोरीको हत्या गरेका छन् ।

धौबिसैका धनबहादुर महराले शनिबार शनिबार साझ आफ्नै अन्दाजी २० वर्षकी छोरी बेलमतीमाथि गोली प्रहार गरी हत्या गरेका हुन् ।

सामान्य घरायसी विवादमा बुवाले छोरीको पिठ्युमा गोली हानेर जंगलतर्फ भागेको खबर आएपछि स्थानीय पुरघाट चौकीबाट प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।  

प्रहरीका अनुसार बन्दुकसहित महरा जंगलतर्फ भागेका छन् । मृतकका एक वर्षका छोरा पनि छन् ।

घरायसी विवादपछि घटना भएको खबर आए पनि घटनाबारे थप केही खुल्न नसकेको प्रहरी निरीक्षक धामीले बताए ।


प्रतिकृया दिनुहोस