२०८१ बैशाख २९ गते शनिबार | 11 May, 2024

थप ९९ जनामा काेराेना संक्रमण पुष्टि

- विशेष खबर शनिबार २४, माघ २०७७ ०५:५८

थप ९९ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ ।

यस्तै, थप २ सय ४८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निकोहुनेहरुको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १९ सय ५९ छ । यस्तै, ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । शनिबारसम्म नेपालमा २० लाख ९१ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस