२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

काठमाडौंमा सामान्य वर्षा, चन्द्रागिरीमा हिमपात

- विशेष खबर शनिबार २४, माघ २०७७ ०५:४७

काठमाडौंमा सामान्य वर्षा, चन्द्रागिरीमा हिमपात

काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो सामान्य वर्षा भएको छ । काठमाडौंसँगै चन्द्रागिरी लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात पनि भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात हुँदैछ । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राजधानीमा वर्षा सुरू भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो ।


#वर्षा #मौसम #पूर्वानुमान महाशाखा

प्रतिकृया दिनुहोस