२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

२ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा कोरोना

- विशेष खबर शुक्रबार २३, माघ २०७७ ०४:५६

२ हजार ७९९ परीक्षण गर्दा १०५ जनामा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ हजार ७९९ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८८ हजार ३७२ पीसीआर परीक्षण भएका छन् ।

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार १०८ छ भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा २७२ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस