२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण

बुधबार १२, चैत २०७६ ०८:०१

बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण

लण्डन (एजेन्सी)- बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा सङक्रमण भइसकेको पुष्टि भएको हो ।

उनकी ७२ वर्षीय पत्नी डचिस अफ कोर्न्वल, कमिललाई भने सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन् । सङ्क्रमण पुष्टि भएसगैँ राजकुमार चार्ल्स स्कटलेण्डस्थित राजदरबारमै ‘आइसोलेसन’मा बसेका छन् । राजकूमार चार्ल्सलाई भनेको छ, 'उहाँलाई सामान्य लक्षणहरू देखिए पनि स्वास्थ्य अवस्था भने राम्रो नै रहेको छ, उहाँले एक्लै बसेर अरुबेला जस्तै आफ्ना कामहरु नियमित गर्दै आउनुभएको छ ।' चिकित्सकहरूले पनि ७१ बर्षीय राजकुमार चार्ल्सको बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ‘ब्यालमर क्यासल’ (दरबार) मा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ । केही हप्तायता उहाँ धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएकोले ‘कसबाट राजकुमारमा भाइरस सर्यो त्यो पत्ता लगाउन सम्भव’ नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 


#काेराेना

प्रतिकृया दिनुहोस