२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

प्रहरी जवानले आफैंलाई हाने गोली

शुक्रबार ०२, फागुन २०७६ ११:४८

प्रहरी जवानले आफैंलाई हाने गोली

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँले पेटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले बताइन् ।  
 
गोली प्रहारबाट राय गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल रिफर गरिएको छ । रायले डिउटीमा रहेका बेला नजिकैका अर्का प्रहरी जवानले बोकेको राइफल खोसेर आफैँलाई गोली प्रहार गरी आत्महत्याको प्रयास थिए ।

आफैँमाथी गोली प्रहार गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अस्विकार गरेपछि उनले आत्महत्या गर्ने उद्देश्यले गोली हानेको हुनसक्ने अनुमान गरिएको छ । एसपी सिग्देलले भने घाइते जावनले गोली प्रहार गर्नुको कारण नबताएको र अनुसन्धान पछिमात्रै थाहा हुने बताइन् ।


प्रतिकृया दिनुहोस