२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

बुधबार बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

- विशेष खबर मङ्गलबार २०, माघ २०७७ ०१:११

बुधबार बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित
फाइल तस्बिर।

काठमाडौं । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बैठक डाकेका थिए ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

उक्त बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।


#संवैधानिक परिषद्

प्रतिकृया दिनुहोस