२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

- विशेष खबर सोमबार १९, माघ २०७७ ११:१२

धादिङमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । धादिङको सिम्लेमा ट्रक दुर्घटनाहुदा दुई जनाको मृत्यु भएकाे छ । एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्काे ट्रकमा सामान्य क्षति पुगेको छ ।


#दुर्घटना

प्रतिकृया दिनुहोस