२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् परीक्षाफल

- विशेष खबर सोमबार १९, माघ २०७७ ११:०३

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस् परीक्षाफल

‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’नियन्त्रक शर्माले भने,‘अरु माध्यमबाट हेर्न वैवसाइटमा अपलोड गरिरहेका छौँ। त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ। यसका लाग  राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमबाट हेर्न सकिन्छ।’


#राष्ट्रिय परीक्षा बोर्डले #परीक्षाफल

प्रतिकृया दिनुहोस