२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काभ्रेमा जिप दुर्घटना हुँदा ८ जना घाइते

- विशेष खबर आइतबार १८, माघ २०७७ ०२:४८

काभ्रेमा जिप दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ स्थित बुद्धकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जनकपुरबाट काठमाडौं आउँदै गरेको ज १ ञ २३३ नम्बरको टाटा सुमो सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारविक्रम थापाले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

मोटरसाइललाई समेत ठक्कर दिएर उक्त जिप सडकबाट तल खसेको ट्राफिक प्रहरी निरीक्षक विशाल तामाङले बताए । 'प्रारम्भिक रुपमा हेर्दा बाइकलाई ओभरटेक गर्न खोज्दा ठक्कर दिएर गाडी खसेको देखिन्छ । बाइकमा सवार दुई जना पनि घाइते भएका छन् । दुर्घटनाका बारेमा थप छानबिन हुँदैछ,' प्रहरी निरीक्षक तामाङले भने ।

घटना बारे थप विवरण आउन बाकि छ ।


#दुर्घटना

प्रतिकृया दिनुहोस