- विशेष खबर शनिबार १७, माघ २०७७ ०७:५१
काठमाडौं । काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।
टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ ।
विगत एक महिनाअघि भारतीय सीमा क्षेत्रका विभिन्न राज्यमा बर्ड फ्लु रोग देखा परेको थियो । हाल भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूण प्रतिवन्ध लगाइएको छ भने मुलुकभित्र रोगको सघन निगरानी गरिएको अवस्थामा सरकारको दावी छ ।
प्रतिकृया दिनुहोस