२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सहमत

- विशेष खबर शनिबार १७, माघ २०७७ ०६:१८

नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सहमत

काठमाडौं । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो ।

यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरण स्राेतका अनुसार अब ४ सय केभीको सो अन्तरदेशीय प्रसारण लाइनबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्न बाटो खुलेको छ ।

जाडो मौसमका कारण अहिले साँझको सयममा बिजुलीको उच्च माग छ । त्यसलाई धान्न कठीन भएपछि नेपालले थप बिजुली उपलब्ध गराउन भारतसँग प्रस्ताव गरेको थियो ।

हात भारतबाट विभिन्न अन्तरदेशीय प्रसारणलाइनबाट पिक अवावरमा ६८० मेगावाटदेखि ७ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ । अब त्यो परिमाण ८ सय मेगावाटसम्म पुग्नेछ । अहिले प्रणालीमा १४६४ मेगावाटको पिक लोड छ । त्यसमध्ये करिब साढे ७ सय मेगावाट बिजुलीको माग आन्तरिक उत्पादनले धानेको छ ।

हालसालै नेपालले ढल्केबरमा ४ सय केभीको सबस्टेसन तयार गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम पनि छ । यो सबस्टेसन बनेपछि ढल्केबारबाट एक हजार मेगावाटसम्म बिजुली ल्याउन बाटो खुलेको छ ।


#नेपाल विद्युत प्राधिकरण #भारत

प्रतिकृया दिनुहोस