२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

शनिबार थप १ सय ९ जनामा कोरोना, ३ सय ५० डिस्चार्ज

- विशेष खबर शनिबार १७, माघ २०७७ ०५:५२

शनिबार थप १ सय ९ जनामा कोरोना, ३ सय ५० डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार १ सय ९ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ८ सय ५४  पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ सय ५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने २ हजार ७ सय ७९ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६७ हजार ६ सय ९९ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ९ रहेको छ ।

२४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस