२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप १५७ जनामा कोरोना पुष्टि, ३३३ जना डिस्चार्ज

- विशेष खबर शुक्रबार १६, माघ २०७७ ०५:१६

थप १५७ जनामा कोरोना पुष्टि, ३३३ जना डिस्चार्ज

काठमाडौं । शुक्रबार थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ७ सय ४५ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३३३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय २२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ६४ हजार ८१ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ११ रहेको छ ।

२४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।


#काेराेना संक्रमण #स्वास्थ मन्त्रालय

प्रतिकृया दिनुहोस