२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, ५३ जनाको मृत्यु, २९ जना गम्भीर घाइते

एजेन्सी बिहिबार १५, माघ २०७७ ०९:२८

क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, ५३ जनाको मृत्यु, २९ जना गम्भीर घाइते

क्यामरून । क्यामरुनमा एक यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ । २९ जना गम्भीर घाइते भएका छन् ।

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो ।

सरकारी अधिकारीहरूले दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ ।


#क्यामरुन #आगलागी

प्रतिकृया दिनुहोस