२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

आफ्ना नागरिकलाई भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाकाे आग्रह

एजेन्सी बुधबार १४, माघ २०७७ ०९:५४

आफ्ना नागरिकलाई भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाकाे आग्रह

वासिङ्टन । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो ।

अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । किनभने आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको भनाइ छ । भारत–पाकिस्तानको सीमा क्षेत्रमा बेला–बेलामा गोलीबारी हुने गरेको छ ।

यस्तै अमेरिका उडान गर्न चाहने यात्रुहरूले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने भएको छ ।त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिनअगाडिको हुनुपर्ने पनि अधिकारीहरूले जनाएका छन् ।

यात्रा अनुमति (बोर्डिङ) पास लिनुअगाडि नै कोरोनासम्बन्धी रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको हो । यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनुपर्ने व्यवस्था अमेरिकी वा गैरअमेरिकी सबै नागरिकलाई लागू हुने जनाइएको छ ।


#अमेरिका

प्रतिकृया दिनुहोस