२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

थप ३ सय ३ जनामा काेराेना पुष्टि,२ सय ८५ डिस्चार्ज

- विशेष खबर मङ्गलबार १३, माघ २०७७ ०५:०३

थप ३ सय ३ जनामा काेराेना पुष्टि,२ सय ८५ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । 

यस्तै,पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया ब्रिफिङमा २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

मंगलबारसम्म देशभर संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ छ । यस्तै,१ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


#काेराेना संक्रमण #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस