२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

तोलामा चारसयले बढ्यो सुनको मूल्य

- विशेष खबर मङ्गलबार १३, माघ २०७७ ०१:३१

तोलामा चारसयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ ।                         

छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।                                 

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस