२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लाे २४ घण्टामा थप २७० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या २ हजार नाघ्याे

- विशेष खबर आइतबार ११, माघ २०७७ ०५:५७

पछिल्लाे २४ घण्टामा थप २७० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या २ हजार नाघ्याे

काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६९ हजार ४ सय ५० संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ३ सय १२ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ४५ रहेको छ ।

यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या २ हजार १ जना पुगेको छ ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस