२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

माेटरसाइकल दुर्घटनामा दुईजनाकाे मृत्यु

- विशेष खबर शनिबार १०, माघ २०७७ ११:०९

माेटरसाइकल दुर्घटनामा दुईजनाकाे मृत्यु

नवलपरासी । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।


#दुर्घटना

प्रतिकृया दिनुहोस