सोमबार १०, चैत २०७६ ०७:३२
काठमाडाैं । सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो ।
अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन । यसअधि नेपाली सेनाले पुर्णरूमा लकडाउन गर्न सुझाव दिएकाे थियाे ।
सैनिक मुख्यालयले कुनै पनि बेला लकडाउन हुन सक्ने भएकाले त्यसको लागि तयारी हालतमा रहन सबै प्रदेशका पृतनालयहरुलाई निर्देशन समेत दिएको थियाे।
‘लकडाउन’ घोषणा भएपछि सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसमेत परिचालन हुनेछन् ।
प्रतिकृया दिनुहोस