२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

देशका केही भागमा समान्य बदली, सुदूरपश्चिम र कर्णालीमा वर्षाकाे सम्भावना

- विशेष खबर शनिबार १०, माघ २०७७ १०:१३

देशका केही भागमा समान्य बदली, सुदूरपश्चिम र कर्णालीमा वर्षाकाे सम्भावना

काठमाडौं । आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन सूचित गरिएको छ ।


#मौसम पूर्वानुमान महाशाखा

प्रतिकृया दिनुहोस