२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

घुस लिएको आरोपमा जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी पक्राउ

- विशेष खबर शुक्रबार ०९, माघ २०७७ ०७:२६

घुस लिएको आरोपमा जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी  पक्राउ

काठमाडौं । जिल्ला अदालत रुपन्देहीका दुईजना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अदालतका कर्मचारी सुमित चौलागाई र मनोज थापालाई नियन्त्रणमा लिएको हो ।

रुपन्देही जिल्ला अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी सर्वेक्षकद्वय चौलागाई र थापाले सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

रुपन्देही कोटहीमाई गाउँपालिका-१ बोगडियाबाट नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।


#ख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रतिकृया दिनुहोस