२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

३ हजार ५४५ नमुना परीक्षण गर्दा ३०२ जनामा कोरोना पुष्टि

- विशेष खबर शुक्रबार ०९, माघ २०७७ ०५:४४

३ हजार ५४५ नमुना परीक्षण गर्दा ३०२ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना पुष्टि भएको हो।

देशभरका प्रयोगशालामा ३ हजार ५४५ नमुना परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६३ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार ६४१ संक्रिय संक्रमित छन् ।

त्यस्तै, यसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ। 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस