२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

महान्यायाधिवक्ता खरेलले पेस गरे संसद् विघटनकाे सूचना प्रकाशन गरिएको राजपत्र

- विशेष खबर शुक्रबार ०९, माघ २०७७ १२:०३

महान्यायाधिवक्ता खरेलले पेस गरे संसद् विघटनकाे सूचना प्रकाशन गरिएको राजपत्र

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् । 

बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो ।

महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए ।


# महान्यायाधिवक्ता #सर्वाेच्च अदालत

प्रतिकृया दिनुहोस