२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे

- रासस शुक्रबार ०९, माघ २०७७ ११:५३

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्र नजिकै बुधबार एक वर्ष ६ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो । सो बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको अधिकारीले जानकारी दिए ।

चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जले जनाएको छ । गत महिना नवलपरासी क्षेत्रमा यस्तै ढङ्गबाट तीन महिनाको गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो । यस्तै बिहीबार दिउँसो निकुञ्जको बेलशहरघाट क्षेत्रमा एउटा गैँडा मृतावस्थामा फेला परेको छ । तीस वर्षको भाले गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

साउनयता निकुञ्जमा यससँगै २२ गैँडा मरेका छन् । तीमध्ये चार चोरी शिकारीले मारेको निकुञ्जले जनाएको छ । शिकारी सक्रिय भएपछि पछिल्लो समय निकुञ्जमा गस्ती बढाइएको छ । गत वर्ष २६ गैँडा प्राकृतिक कारणले मरेका थिए ।


#चितवन राष्ट्रिय निकुञ्ज

प्रतिकृया दिनुहोस