२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

विप्लव समूहका मोरङ इन्चार्ज पेस्तोलसहित पक्राउ

- विशेष खबर बिहिबार ०८, माघ २०७७ १२:१४

विप्लव समूहका मोरङ इन्चार्ज पेस्तोलसहित पक्राउ

मोरङ । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विक हतियारसहित पक्राउ परेका छन् । डीबी सिलवाल पनि भनिने उनलाई मोरङ प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको छ ।

बूढीगंगा गाउँपालिका–४ मा बुधबार उद्योगी–व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको गोप्य सूचनाका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटेका विक मिक्लाजुङ–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका प्रतिवादीसमेत रहेको उनले जानकारि दिए ।

प्रहरीका अनुसार विकका साथबाट सेमी अटोमेटिक पेस्तोल, ३ राउन्ड गोली लोड भएको म्याग्जिन, विभिन्न कम्पनीका मोबाइल ४ र सिमकार्ड ५ थान बरामद गरिएको छ । विकले प्रयोग गरेको को२४प ४००५ नम्बरको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।


#नेत्रविक्रम चन्द (विप्लव)

प्रतिकृया दिनुहोस