२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

फ्रान्सबाट फर्केकी एक युवतीमा काेराेना पोजेटिभ, आइसोलेशनमा उपचार हुँदै

सोमबार १०, चैत २०७६ ०१:२६

फ्रान्सबाट फर्केकी एक युवतीमा काेराेना पोजेटिभ, आइसोलेशनमा उपचार हुँदै

काठमाडौँ- फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । चैत ४ गते नेपाल आएकी १९ वर्षीया ती युवतीको रिपोर्ट अाइतबार आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार विशेष पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ । होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले बताए।

 


#काेराेना

प्रतिकृया दिनुहोस