२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

तोलामा पाँचसयले बढ्यो सुनको मूल्य

- विशेष खबर बुधबार ०७, माघ २०७७ ०१:१४

तोलामा पाँचसयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मुल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।    यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६०  रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस